Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालमा औद्योगिक लगानीका लागि चेम्बरको आग्रह

नेपालमा औद्योगिक लगानीका लागि चेम्बरको आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानी गर्नको लागि जापानसँग आग्रह गरेको छ । उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन चेम्बरले जापानसँग आग्रह गरेको हो ।

नेपालका लागि जापानी राजदूत किकुता युताकासँग बुधबार भएको भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले जापानी लगानीको सुरक्षणका लागि आफूहरूले सरकारसँग पहल गर्ने बताए । उनले वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको जानकारी दिए ।

आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको बताए । जापानसँग मुलुकको व्यापारघाटा कम गर्ने सन्र्दभमा अध्यक्ष मल्लले नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रियरूपमा बढी माग हुने वस्तुहरूको नेपालमै उद्योग खोल्न राजदूतसँग आग्रह गरे । नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै उनले जापानी लगानीमा उद्योग खोलेर भारत, चीनजस्ता राष्ट्रमा व्यापार राजदूत युताकासंग आग्रह गरे । जापानी निजी क्षेत्रसँग आफूहरूले सहकार्य गर्न चाहेको अध्यक्ष मल्लले बताए ।

सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूत युताकासँग आग्रह गरे । राजदूतसँगको भेटमा चेम्बरका पदाधिकारीले पछिल्लो समय नेपालले विद्युत्मा सहुलियत, निर्यात प्रर्वद्धनमा विभिन्न सहुलियत घोषणा गरेकाले अन्तर्राष्ट्रिय लगानीका लागि महत्वपूर्ण अवसर रहेको बताएका थिए । चेम्बर पदाधिकारीसँगको भेटपछि राजदूत युताकाले नेपाल र जपानबीचको दुईपक्षीय सम्बन्ध ऐतिहासिक भएको बताए ।

राजदूत युताकाले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिबद्धता समेत जनाए । नेपाल सरकारलाई जपान सरकारका तर्फबाट र आफ्ना दातृ निकायमार्फत लामो समयदेखि सहयोग हुँदै आएको र यो क्रम अझै जारी रहने उनले बताए । जपानको लगानी भित्र्याउनका लािग नेपालले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाको भनाइ छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x