Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालडाउन सिन्ड्रोम भएका बालबालिकाको लागि विद्यालय निर्माण गर्न विशेष कार्निभल आयोजना

डाउन सिन्ड्रोम भएका बालबालिकाको लागि विद्यालय निर्माण गर्न विशेष कार्निभल आयोजना


काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिज्म भएका बालबालिकाहरुका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ राउण्ड टेबल नेपालले आगामी असार ४ गते एक विशेष कार्निभल आयोजना गर्ने भएको छ ।

स्कुल फर स्पेसल्स् प्रोजेक्टको रुपमा राउण्ड टेबल नेपालले पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्नेछ भने डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि सहयोग गर्ने लक्ष्य समेत राखेको छ । स्कुल फर स्पेसल्स प्रोजेक्टको पहिलो विद्यालय निर्माणका लागि राउण्ड टेबल नेपालकै सदश्यले निःशुल्क प्रयोगकका लागि दिएको जग्गामा विद्यालय निर्माण गर्ने विकल्पसहित आफ्नै जग्गा खरिद गर्नेसम्मका योजनाहरु छन् । जसको पहिलो पाईलाको रुपमा यो फण्ड रेजर इभेन्ट आयोजना गर्न लागिएको हो । आर्थिक रुपमा यस परियोजनाका सहयोगीहरुलाई दबाब नपर्ने र आर्थिक गतिविधि समेत हुने र प्रायोजकले व्यावसायिक कार्यक्रम जस्तै लाभ हासिल गर्नसक्ने यस्तै कार्यक्रमहरु राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्दै जाने राउण्ड टेबल नेपालको योजना छ ।

दि मल्ल होटलमा आयोजना गरिने यस विशेष कार्निभलमा मल्ल होटलले स्वादिष्ट खाना पस्किनेछ भने विभिन्न नेपाली ब्राण्डका बियर, बियर ककटेल, मकटेललगायतका पेय रहनेछन् । बालबालिकाहरुका लागि विशेष खेलहरु हुनेछन् भने डिजे र लाइभ ब्याण्डले रोमान्चक माहौल बनाउनेछन् । ‘जुन बियर कार्निभल’को नाउँमा आयोजना हुने यो कार्यक्रम वियर फेष्टिभल र पारीवारीक कार्निभलको संयुक्त रुप हुनेछ । यो कार्यक्रमको प्रवेश टिकट दर एक हजार रुपैयाँ तोकिएको छ, जसमा एक बोटल वियर निःशुल्क उपलब्ध गराईनेछ भने कार्यक्रमका प्रायोजकले थप भौचरहरु समेत प्रदान गर्नेछन् ।

यस कार्निभलको आयोजनाको लागि निःशुल्क रुपमा होटल उपलब्ध गराएर दि होटल मल्ल स्कुल फर स्पेसल परियोजनामा सहकार्यको हात बढाएको हो । दि मल्ल होटलकी एशोसिएट डाईरेक्टर अनुस्का मल्लले राउण्ड टेबल नेपालको यस योजनामा सहभागि हुन पाउँदा आफु हर्षित भएको बताईन् । डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिबृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहरुको शिक्षा तथा बैयक्तिक विकासमा सहयोगि बन्ने अभिप्रायका साथ राउण्ड टेबलले यूवा लक्षित कार्यक्रमको आयोजना गर्ने भएको हो ।

राउण्ड टेबल नेपालले फ्रिडम थ्रु एजुकेशन शिर्षकमा नेपालको शिक्षा क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । खासगरी सामुदायीक विद्यालयको कक्षा कोठा निर्माणमा अग्रसरता देखाउँदै आएको यस संस्थाको अगुवाईमा ५८ विद्यालयमा ३७३ भन्दा बढी कक्षाहरु र ४० भन्दा बढी ट्वाईलेट ब्लकको निर्माण गरिसकेको छ । हालै बागमती प्रदेश मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाको फाखेलमा रहेको सिंह भैरब विद्यालयमा दुईवटा कक्षाकोठा तथा कम्प्युटर ल्याबको निर्माण गरि हालै विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x