Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालखुम्बु आएका दुई विदेशी नागरिक २४ दिनदेखि बेपत्ता

खुम्बु आएका दुई विदेशी नागरिक २४ दिनदेखि बेपत्ता


सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका दुई जना विदेशी नागरिक २४ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

गत जेठ ५ गते खुम्बु आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्र मोहोन र कोरियन नागरिक ५० वर्षीया महिला योहन रहेको सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहका अनुसार जेठ ५ गते मन्जो चेकपोस्टमा इन्ट्री भएर आधारशिविरतर्फ लागेका ती दुवै पर्यटक त्यसयता सम्पर्कमा आउन सकेका छैनन् ।

भारतीय नागरिक सम्पर्कविहीन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतीय दूतवासबाट टेलिफोन आएको र कोरियन नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । गाइडविना खुम्बु घुम्न आएका उनीहरूको खोजीका लागि सक्रिय भएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x