Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालराउन्ड टेबल नेपालद्वारा मोरङको बुढीगंगाको विद्यालयमा दुई करोडको लागतमा कक्षाकोठा निर्माण

राउन्ड टेबल नेपालद्वारा मोरङको बुढीगंगाको विद्यालयमा दुई करोडको लागतमा कक्षाकोठा निर्माण


काठमाडौं । राउन्ड टेबल विराटनगर प्लाटिनम राउन्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकास्थित सरस्वती सदन आधारभूत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । राउन्ड टेबलले सो विद्यालयमा बहुवर्ष योजनाअन्र्तगत दुई करोडभन्दा बढीको लगानी गर्दै आवश्यक सम्पूर्ण भौतिक साधन जुटाइदिएको हो ।

बुढीगंगा गाउँपालिकाको वडा नम्बर ४ स्थित विद्यालयपरिसरमा गत बिहीबार आयोजित एक कार्यक्रमका बीच राउन्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले विद्यालय परिसरमा हालै निर्माण गरिएको चारकोठे भवनको उद्घाटन गरेका हुन् । विराटनगर प्लाटिनम राउन्ड टेबल नेपालले युरोपस्थित राउन्ड टेबल युरो ११ सँग सहकार्य गर्दै सो विद्यालयमा ४० लाखको लगानीमा चारकोठे पक्की भवन थप गरेको हो । राउन्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै उक्त विद्यालयमा यसअघि नै १६ वटा कोठा निर्माण गरिसकेको छ । थप गरिएको चार कोठासँगै हालसम्म राउन्ड टेबल नेपालले उक्त विद्यालयमा २० वटा कोठाको निर्माण सम्पन्न गरिसकेको छ । साथै विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्वि गर्न समेत राउन्ड टेबल नेपालले भूमिका निर्वाह गर्दै आएको छ ।

राउन्ड टेबल नेपाल ११ ले हालसम्म उक्त विद्यालयमा स्वच्छ खानेपानी, शौचालय, साइकल पार्किङलगायत आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गरिदिएको छ । बितेको १५ वर्षमा युरो ११ सँग सहकार्य गर्दै उक्त विद्यालयमा राउन्ड टेबल ११ ले दुई करोड बढीको लगानी गरिसकेको छ । विद्यालयका लागि आवश्यक सम्पूर्ण भौतिक संरचना राउन्ड टेबलले जुटाइदिएपछि अब आफूहरू विद्यालयको स्तरोन्नति र शैक्षिक गुणस्तर वृद्धि गर्न लागिपरेको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हक्मुद्धिनले बताए । यसैबीच मोेरङको रंगेली नगरपालिका ७ मा रहेको आदर्श निम्नमाध्यमिक विद्यालयलाई राउन्ड टेबल पाँचद्वारा चारवटा कोठा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

राउन्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेती र मेयर दिलिप बगडियाले नवनिर्मित कोठामा रिवन काटेर हस्तान्तरण गरेका थिए । विद्यालयमा चार सय ६५ विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयलाई सधैँ सहयोग गर्दै जाने राउन्ड टेबुल नेपाल पाँचका अध्यक्ष आनन्द वाइतीले जानकारी गराए । अहिलेसम्म यो विद्यालयमा राउन्ड टेबुलले ५० लाखसम्म खर्च गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x