Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमिस नेसन नेपालको विजेताले १ लाख नगद पुरस्कार पाउने

मिस नेसन नेपालको विजेताले १ लाख नगद पुरस्कार पाउने


काठमाडौं । आई डु इभेन्ट्सको आयोजनामा भइरहेको मिस नेसन नेपाल २०२२ प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । उक्त प्रतियोगिताको फिनाले यही शुक्रबार हुनलागेको हो । प्रतियोगितामा सहभागीहरुलाई शृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिटनेस र अभिनयका कक्षाहरु प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विभिन्न चरण पार गर्दै र तालिमहरु प्राप्त गरी मिस नेसन नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरुले शुक्रबार थापाथलीस्थित ब्लुबर्ड मलमा आफ्नो अन्तिम प्रस्तुति दिने आयोजक ललिता सापकोटाले बताइन् । विजेताले मिस नेसन नेपाल २०२२ को ताज साथै नगद एक लाख, विभिन्न फेशन शो र रनवेमा सहभागिता, म्यूजिक भिडियो, पत्रपत्रिका/म्यागजिनमा फिचर, विज्ञापन आदिमा अवसर प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेसन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिनेछन् । मिस नेसन नेपाल २०२२ का निर्णायकमण्डलको रुपमा ध्रुव बुढाथोकी (म्यानहन्ट इन्टरनेशनल २०१७), सन्ध्या शर्मा (मिस नेपाल इन्टरनेशनल २०२२) र सुमित राणा (काष्ठमाण्डप टेलिभिजन सञ्चालक) रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरुलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x