Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनर्भिकले ३ दिन निःशुल्क केमिकल पिल सञ्चालन गर्ने

नर्भिकले ३ दिन निःशुल्क केमिकल पिल सञ्चालन गर्ने


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गरी फ्रि केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्रि केमिकल पिलको सेवा सञ्चालन गर्नलागेको हो ।

फ्रि केमिकल पिल सेप्टेम्बर ७, १४ र २१ तारिखका दिन सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरु, फुस्रो छाला, अनुहारको चाउरीपना, तिलकोठी, पोतो र फुटेको वा खस्रो छालाको समस्या हुनेहरुले निःशुल्क केमिकल पिलमा सहभागी भएर लाभ उठाउन सक्नेछन् । यो अभियानअन्तर्गत अस्पतालले छालाको विशेषज्ञ सेवा तोकिएको दिन निःशुल्क गर्नेछ तर, औषधि भने निःशुल्क हुनेछैन ।

नर्भिकले हालै कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरमा अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मसिन (लेजर मसिन) भित्र्याएको थियो । यो मसिनको मद्दतबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरुलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ । अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ, जसले स्किनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया