Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशसवारी दुर्घटनाबाट तीन जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते

सवारी दुर्घटनाबाट तीन जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते


रसुवा । ब्रेक फेल भई सडकबाट करिब २ सय मिटर तल गाडी खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङ खोलास्थित सडकमा बा.५ ख ५७८ नम्बरको आईचर गाडी सडकबाट तल खसेर सोमबार बेलुकी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा गाडीमा सवार सोही गाउँपालिका–२ बस्ने ३२ वर्षीय अक्कल बहादुर तामाङ, ३२ वर्षीय फुर्पु छेवाङ तामाङ र ४१ वर्षीया पेम्बा डोल्मा तामाङ रहेका छन् । दुर्घटनामा घाइते भएका चालकसमेत ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया