Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशरोजगारी र सामाजिक न्यायका लागि जागरणका कार्यक्रम ल्याउने तयारी : मुख्यमन्त्री शर्मा

रोजगारी र सामाजिक न्यायका लागि जागरणका कार्यक्रम ल्याउने तयारी : मुख्यमन्त्री शर्मा


कर्णाली । सुर्खेतको वीरेन्द्रनगरस्थित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली मौलिकताको समाजवाद विकास गर्नुपर्ने बताएका छन् ।

उनले संविधानमै समाजवादोन्मुख व्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा बहस सिर्जना गरी नेपाली मौलिकताको समाजवाद र विकासलाई अपरिहार्य सर्तका रूपमा लिनुपर्नेमा जोड दिएका हुन् ।

मुख्यमन्त्री शर्माले आर्थिक सम्पन्ता र सामाजिक न्यायलाई सँगसँगै लैजानुपर्नेमा जोड दिदै प्रदेश सरकारले आर्थिक सम्पन्ताका लागि रोजगारी र सामाजिक न्यायका लागि जागरणका कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए ।


क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश, समाचार

तपाईको प्रतिक्रिया