Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितितीन महिने अभियानलाई जसपाले निरन्तरता दिने

तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको तीन महिने अभियानलाई निरन्तरता दिने भएको छ । पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले औपचारिक रुपमा अभियानको समय नथपिए पनि अनौपचारिक रुपमा अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।

उनले पार्टी अध्यक्ष उपेन्द्र यादव काठमाडौँ बाहिर रहेकाले उनी काठमाडौँ फर्केपछि बैठक बसेर अभियानको म्याद थपिने बताए । विधान अधिवेशनबाट नयाँ विधान ल्याइसकेपछि सोहीअनुसार पार्टी पुनःगठन गर्न जसपाले तीन महिने अभियान सञ्चालन गरेको थियो ।

केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख बस्नेतले उक्त अभियानबाट प्रदेश र राष्ट्रिय समिति तथा केही जिल्ला र पालिका समिति पुनःगठन गरेको बताए । उनका अनुसार मधेश प्रदेशबाहेक अन्य छ वटै प्रदेश समिति र राष्ट्रिय समिति पुनःगठन भइसकेका छन् ।


क्याटेगोरी : राजनिति, समाचार

तपाईको प्रतिक्रिया