Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचारपोखराका सहकारीको अनुगमन र नियमन गरिने

पोखराका सहकारीको अनुगमन र नियमन गरिने


पोखरा । पोखरा महानगरपालिकाले यहाँ संञ्चालित सहकारीहरुको अनुगमन गरि नियमन गर्ने भएको छ । पोखरा महानगरकाका सहकारी समितिका अध्यक्ष रवीरमण तिवारीले सहकारीलाई व्यवस्थित बनाउन अनुगमन र नियमनलाई अझै प्रभावकारी बनाउने बताए ।

पछिल्ला समय केही सहकारीका कारण अन्यलाई निकै गाह्रो बनाएको भन्दै अबका दिनमा सहकारीहरु समस्यामा नपरुन् भन्ने उद्देश्यले अनुगमन र नियमनलाई प्रभावकारी बनाउन लागिएको उनको भनाई थियो । पोखरा–१२ स्थित सिद्धार्थ गौतम बचत तथा ऋण सहकारी संस्थाको ११ औँ साधारणसभामा उनले महानगरको सहकारी समितिले पोखराभित्र सञ्चालित सहकारीहरूको हितमा काम गरिरहेकाले आगामी दिनमा अझै प्रभावकारी ढङ्गले काम गर्ने प्रतिवद्धता समेत जनाए । कास्कीमा ७ सय सहकारी रहेकोमा ३ सय ६८ पोखरा महानगरपालिकाभित्र रहेको उनले जानकारी दिए ।


क्याटेगोरी : पालिका समाचार, महानगर, समाचार
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया