Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअध्यक्ष लिङ्देन मलेसिया भ्रमणमा

अध्यक्ष लिङ्देन मलेसिया भ्रमणमा


काठमाडौँ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन् ।

गएराति उनी मलेसिया प्रस्थान गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । अध्यक्ष लिङ्देन भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको श्रेष्ठले बताएका छन् ।

यसैगरी, अध्यक्ष लिङ्देनले मलेसियामा रहँदा जनवरी ६ तारिखमा किरात याक्थुङ चुम्लुङको आयोजनामा हुने किराती समुदायको स्वागत ग्रहण गर्दै सम्बोधन र जनवरी ७ तारिखमा होटल ग्रान्ड कन्टिनेन्टलमा हुने प्रवासी नेपाली एकता समाजको भेलालाई सम्बोधन गर्ने जनाइएको छ ।

अध्यक्ष लिङ्देन मलेसियामा रहेका विभिन्न प्रवासी नेपाली सङ्घसंस्था, नेपाली राजदूतावासलगायत सरोकारवालासँग भेट गरी नेपाली श्रमिकका समस्या र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी लिने कार्यक्रमसमेत रहेको प्रवक्ता श्रेष्ठले बताए ।

पार्टी उपाध्यक्ष बुद्धिमान तामाङलाई मलेसिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् । यही पुस २४ गते अध्यक्ष लिङ्देन स्वदेश फर्किने कार्यक्रम छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया