Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररास्वपाको संसदीय दलको बैठक शुरु

रास्वपाको संसदीय दलको बैठक शुरु


काठमाडौँ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजे शुरु भएको छ ।

आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको पूर्ण तयारी र दलको नेताले सदस्यलाई तयारीबारे गरेका प्रश्नउपर छलफल गर्ने बैठकको मुख्य ‘एजेन्डा’ रहेको रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीले जानकारी गराएकी छिन् ।

“आगामी अधिवेशनका लागि ४० विधेयकमध्ये आ¬–आफ्नो समितिमा जाने विधेयक कुन कुन हुन् र त्यसको तयारी के छ भन्ने विषयमा छलफल हुनेछ । यस्तै, यस अधिवेशनमा हामीले उठाउन चाहेका मुद्दाका बारेमा समेत छलफल हुनेछ ।” उनले भनिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया