Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारललितपुरमा ऐतिहासिक भिमसेन पूजा हुँदै

ललितपुरमा ऐतिहासिक भिमसेन पूजा हुँदै


ललितपुर,ललितपुर जिल्लाको पाटन नगरि बस्तीमा भिमसेन पूजा हुनेभएको छ । भिमसेन पूजा परिक्रम व्यवस्थापन समितिले आयोजना गरेको भिमसेन पूजा यहि फागुन ९ गते बुधबार हुने भएको छ । २०७० सालदेखि ऐतिहासिक पाटन क्षेत्रको भित्री बस्तीमा मनाईने भिमसेन पूजा पर्वलाई व्यवस्थित गर्न तत्कालिन ललितपुर विकास समाजका अध्यक्ष बुद्दिराज बज्राचार्यको नेतृत्वमा हरेक बर्ष भिमसेन पूजा (भिन्धो पूजा) गर्न ब्यवस्थापन समिति गठन गरिएको थियो ।

उक्त समितिको निर्णय अनुसार प्रत्येक वर्ष पूजाका लागि क्रमबद्व  रुपमा पालै पालो नगर भित्रका १० टोल भिन्धोलाछि,नगत्त्वा,हौग त्वा,कोन्ति, कनिबहा, छाय् बाहा , कोत-मंगः हखा , भिन्छेंबहा, मंग र तलाछें इखालखु ले भिमसेन पुजाको आयोजना गर्दै आएका छन् ।

जसअनुसार यसपालिको भिमसेन पूजा भिन्धोलाछि  टोलले आयोजना र व्यवस्थापन गर्ने भएको छ । दश बर्षपछि यो बर्षको भिन्धो पूजा (भिमसेन पूजा) परिक्रमा समारोह भिन्धोलाछि(पतकोलाछि)को आयोजनामा फागुन ९ भोली बुधबार हुने भिन्धोलाछि टोल कमिटीका सदस्य रुपेश अवालेले बताएका छन्।

भिमसेन पूजा
ललितपुर नगर पाटन बस्ती भित्रको एक प्राचिन भिन्धोलाछि  टोल रहेको छ । नेपाल भाषाअनुसार  (भिन्धो) अर्थात भिमसेन देउता लाई बुझिन्छ। यस प्राचिन बस्ती भिन्धोलाछि टोलको पुरानो नाम पतुको लाछि रहेको छ।

यस पौराणिक नामका अन्वेषक छत्रबहादुर कायस्थका अनुसार यस पतुको लाछि नाम ने.स.४०५ ताडपत्र तमसूकमा उल्लेख गरिएको छ। उक्त अभिलेख हालसम्मको नै पुरानो अभिलेख रहेको र यस तमसूक अभिलेखमा “सिकाछें लिबि प्रजापति जसरा थकुर, पतको लाछि वंथ छें वंकुलि लिबि प्रजापति जसराम थकुर” लेखिएको छ।

यस कारण भिन्धोलाछि टोलको पौराणिक नाम पतको लाछि हो र आजभोलि अवाले थर लेख्नेहरुका प्राचिन जात थर प्रजापति थकुल वा थकुर रहेको छत्रबहादुर कायस्थ भन्छन्।  भिन्धोलाछि टोलमा रहेको भिन्धो (भिमसेन मन्दिर) भित्र रहेको शिलापत्र ७८९ ने.स.उल्लेख स्थापना गरिएको उक्त शिलापत्रमा ने.स ७७८ श्रावन ४ पतको लाछि श्री ३ भिमसेन लेखिएको छ।

भोली हुने भनिएको उक्त पुजा परिक्रममा ललितपुरका करिब ९ वटा टोलको सहभागि रहने र  २५ सय देखि ३ हजार सङ्ख्यामा भक्तजनको सहभागि हुने आकलन गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया