एकसय ९९ हप्तादेखि निरन्तर सरसफाइ
काठमाडौँ,काठमाडौँ महानगरपालिका–२६ सामाखुशी सङ्गमटोलदेखि पवित्रनगर चोकसम्म संस्कार समाज नेपालले विगत एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
‘असल संस्कार सिकौँ, सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ’ भन्ने मूल नाराका साथ २०७४ सालमा स्थापना भएको संस्कार समाजले एक सय ९९ हप्तादेखि निरन्तर सरसफाइ अभियान सञ्चालन गरेको हो । हरेक शनिबार बिहान ८ बजेदेखि ९ बजेसम्म सञ्चालन हुँदै आएको सरसफाइ कार्यक्रमअन्तर्गत आज नवसङ्गम मार्गदेखि पवित्रनगरसम्म सरसफाइ गरिएको हो ।
संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले असल संस्कारको विकास गर्नसके देशको विकास हुने भएकाले सरसफाइमार्फत असल संस्कार प्रदान गरिँदै आएको बताए । उनले सरकारले लिएको समृद्ध मुलुकको लक्ष्य पूरा गर्न असल संस्कार आवश्यक रहेको र असल संस्कारको विकासका लागि संस्कार समाजले काम गर्दै आएको उल्लेख गरे।
सो समाजले यसअघि नयाँ बसपार्कबाट विभिन्न जिल्लामा ओहोरदोहोर गर्ने सार्वजनिक सवारीसाधनलाई एक हजार थान पेनड्राइभ, पाँच सय थान डस्बिन, समाज परिवर्तनका लागि नैतिक शिक्षा, सामाखुशीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनासम्बन्धी सूचनापाटी निर्माणको काम सम्पन्न गरेको छ भने प्रत्येक हप्ता शनिबार देशभरका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गर्दै आइरहेको छ । रासस
क्याटेगोरी : समाचार, महानगर
ताजा अपडेट
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया