Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलुम्बिनी विकास कोषका भट्टराईले भ्रस्टाचार गरेको अभियोगमा मुद्दा दायर

लुम्बिनी विकास कोषका भट्टराईले भ्रस्टाचार गरेको अभियोगमा मुद्दा दायर


काठमाडौँ । लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भट्टराईले घुसवापत भक्त्तपुरको जग्गा खरिद गर्नका लागि निर्माण व्यवसायीसँग ८० लाख घुस मागेको र सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न लगाएको पाइएको आयोगले जनाएको छ । प्रमुख इञ्जिनियर सरोजले आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको आयोगले आरोप लगाएको छ ।

आयोगले छोरा सरोज र आमा जनकनन्दनी भट्टराई दुवैलाई आरोप लगाउँदै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आरोपी दुवैलाई बिगो बमोजिम कारवाहीको माग गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया