Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारडेनिस टोलीद्वारा नेपालमा हुने प्रोजेक्टको पूर्वतयारी अध्ययन

डेनिस टोलीद्वारा नेपालमा हुने प्रोजेक्टको पूर्वतयारी अध्ययन


काठमाडौं । डेनमार्कको डीयूएफ (डेनिस युथ फेडरेसन)का छ सदस्यीय टोलीले नेपालमा प्रोजेक्ट तयारीका पूर्वअध्ययनका लागि भ्रमण गरेको छ । काठमाडौं युरेका लिओ क्लबको सहकार्यमा आयोजित सो भ्रमणमा सांस्कृतिक आदान प्रदान, समूह निर्माण, पूर्वअध्ययनमा केन्द्रित थियो ।

काठमाडौं युरेका लियो क्लबका स्वयंसेवकहरूले डेनमार्कको टोलीलाई स्वागत गरेका थिए । पाँच दिने कार्यक्रममा संवादात्मक कार्यक्रम, समूह चर्चा, आइसब्रेकर खेलहरू र नवीन समाधानहरूको खोजमा विवेकशील बहसहरू समेत समावेश गरिएको थियो । डेनिस टोलीलाई विभिन्न अधिकारीहरूसँग परिचित गराउन क्लबका सचिव निर्मलराज शाही, सहसचिव सुमिना खत्री र लियो अनिसा कार्कीले भूमिका खेलेका थिए । डेनिस टोलीलाई छलफलमा नेपाल र डेनमार्कमा हुने गरेका पूर्वाग्रहहरूका बारेमा पनि बहसहरू भएका थिए । काठमाडौं युरेका लिओ क्लबका अध्यक्ष सृजन अर्यालले डेनमार्कको टोलीलाई सहयोग र अनुभवको लागि आभार व्यक्त गरे । काठमाडौं युरेका लिओ क्लबको पहिलो उपाध्यक्ष लिओ कुसुम पौडेलले यस कार्यक्रमले दुवै टोलीमा सामाजिक बोझ र मैत्रीमा विशेष प्रभाव पारेको बताए । लिओ सुयाश रूपाखेतीले विभिन्न संस्कृतिहरूमा बाँधिएका पूर्वाग्रहहरू र शैक्षिक गतिविधिहरूको विभिन्न उपायहरूको अवलोकन साथै यस आदानप्रदानले सांस्कृतिक संवाद र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

एक हप्ते नेपालको बसाइँका क्रममा नेपालको लोभलाग्दो संस्कृति, धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्न पाउँदा ज्यादै खुसी भएको डेनिस टोलीले बताए । नेपाल भ्रमणबाट पाएको उपलब्धि, भेदभाव र समस्याको आगामी दिनहरूमा दुई पक्षीय प्रोजेक्ट तयार गरी नेपालमा कार्यक्रम निर्माण गर्ने तयारी भएको र सकेसम्म एक वर्षभित्र नेपालमा कार्यक्रम गर्ने उनीहरूले प्रतिवद्धता जनाए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया