Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबिलबिजकभन्दा बढी सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा


काठमाडौं । बिलबिजकभन्दा बढी हार्डवेयर तथा खुद्रा सामान बोकेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले एउटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । ५८ लाख लाख ४१ हजार रुपैयाँ बराबरको सामान बोकेको ना ३ ख ३३२४ नम्बरको ट्रक प्रहरीले बिहीबार राति नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट काठमाडौंतर्फ बिलबिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको माल वाहक ट्रक जाँदै गरेको भन्ने सूचनाका आधारमा ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

वीरगञ्ज २५, सिर्सियास्थित थापाले नियन्त्रणमा लिइएको ट्रकलाई रोकेर जाँच गर्ने क्रममा ट्रकमा बिलबिजकभन्दा बढी सामान भेटिएको र बिलबिजक पनि शंकास्पद देखिएको बताउँदै ट्रकलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया