Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसांसद हसिना खानद्वारा सपथ ग्रहण

सांसद हसिना खानद्वारा सपथ ग्रहण


काठमाडौँ । सिंहदरबारस्थित संसद सचिवालयमा शुक्रबार आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।

सभामुख घिमिरले सांसद खानलाई सांसद अङ्कित प्रतीक चिन्ह (लोगो) र खादा ओडाएर बधाई ज्ञापन गरे । सङ्घीय संसदको कानुनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनु अघि सभामुख समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने कानुनी व्यवस्था छ ।

सो अवसरमा सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले सचिवालयको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दै संसद सचिवालयद्वारा उपलब्ध गराउने नेपालको संविधान, संसद नियमावलीलगायत अन्य कानुन कागजातहरु उपलब्ध गराए ।

केही समयअघि जनता समाजवादी पार्टीकी मञ्जु अन्सारी शर्माको निधन भएपछि सांसद खान जनता समाजवादी पार्टीबाट निर्वाचित भएको निर्वाचन आयोगले संसद सचिवालयलाई जानकारी गराएको थियो । २९ वर्षिय सांसद खानले स्नातक तहसम्म अध्ययन गरेकी छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया