Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि

पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि


पाटन (ललितपुर) । गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएका पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । शाक्यको बौद्ध धर्म परम्पराअनुसार शुक्रबार दिउँसो साढे एक बजे शङ्खमूलस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

स्व. शाक्यका दुई छोरा र दुई छोरी छन् । जेठा छोरा महेन्द्र शाक्यले उनको पार्थिव शरीरमा दागबत्ती दिए । सोही अवसरमा आर्यघाट पुगेर ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छासहित श्रद्धाञ्जली अर्पण गरे । साथै नेपाल प्रहरीको टुकुडीले गारत सम्मानसहित सलामी अर्पण गरेको थियो ।

अन्त्येष्टिमा संविधानसभाका सदस्य मदनबहादुर अमात्य, बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, लोकसेवा आयोगका प्रमुख माधवप्रसाद रेग्मी, आयोगका सदस्यहरु, पूर्वअध्यक्ष दिनेशचन्द्र थपलिया, जिल्ला प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनाल, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृतहरुसहितका व्यक्तित्वहरुका साथै स्थानीयको सहभागिता थियो ।

डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका शाक्य क्यान्सरसम्बन्धी रोगबाट पीडित थिए । उनको ८१ वर्षको उमेरमा निधन भएको हो । उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत भएका थिए । उनको श्रीमतीको करिब तीन महिनाअघि मात्रै निधन भएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया