Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजिल्ला अस्पताल फाप्लुमा पाठेघरको मुखको क्यान्सर पहिचान सेवा लिने २६ जना

जिल्ला अस्पताल फाप्लुमा पाठेघरको मुखको क्यान्सर पहिचान सेवा लिने २६ जना


महेन्द्र शाही
सोलुखुम्बु, साउन २६
सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरको पहिचानमा हालसम्म २६ जनाले सेवा लिएका छन् । जिल्ला अस्पतालले २०७६ साल पुस २२ गतेबाट सञ्चालन गरको पाठेघरको क्यान्सर पहिचान तथा जाँचबाट हालसम्म २६ जनाले मात्रै सेवा लिएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् । ३० वर्षदेखि ६० वर्षसम्मका महिलाहरूलाई लक्षित गरी निःशुक्ल सेवा सुचारु गरेको अस्पतालले जनाएको छ ।

पाठेघरको मुखको क्यान्सर जाचँका लागि महिलाहरू टाढा जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि जिल्ला अस्पतालमा नै यो व्यवस्था मिलाइएको थियो । आर्थिक स्थिति कमजोर भएका महिलाहरूले रोग पालेर बस्ने भएकाले निःशुल्क सेवा सुचारु गरेको निमित्त प्रमुख शेर्पाले बताइन् । हाल अस्पतालमा उपकरणको अभावका कारण जाँच मात्र गरिँदै आएको छ । प्रदेश सरकारले थप उपकरण पठाउने तयारी गरिरहेकाले सबै उपचार जिल्ला अस्पतालमा नै गरिने जनाइएको छ । टाढा जानुपर्ने अवस्थाको अन्त्य भएसँगै सहज र आर्थिकरूपमा पनि निकै राहत महसुस गरिएको स्थानीय महिला बताउँछन् । पाठेघरको समस्या भएका महिलाई जिल्लाबाहिर जाँदा आर्थिकका साथै भौतिक पीडा पनि बढी हुने महिलाहरूको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया