Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसक्रिय कोरोना संक्रमित १९ हजार छ सय

सक्रिय कोरोना संक्रमित १९ हजार छ सय


काठमाडौं ।
नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार छ सय २४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेपछि लकडाउन गर्न सरकारलाई सुझाव दिएको छ । तर संक्रिय संक्रमितको संख्या काठमाडौं उपत्यका र तराईका केही जिल्ला मात्र बढी छन् ।

पाँच÷सात जिल्लाको तथ्यांक हेरेर देशभर लकडाउन गर्न नहुने माग व्यवसायी र सर्वसाधारणले गर्दै आएका छन् । सरकारले १९ हजार छ सय २४ जना पुगेको बताए पनि आधा जति होम आइसोलेसनमा छन् । देशभरका स्वास्थ्य प्रयोगशालामा सोमबार १० हजार ८० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी संस्थागत आइसोलेसनमा आठ हजार छ सय ९५, होम आइसोलेसनमा १० हजार नौ सय २९ तथा विभिन्न क्वारेन्टिनमा छ हजार तीन सय १० जना छन् ।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार सोमबार एक हजार तीन सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी सोमबार कोरोना निको भई सात सय ४२ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या ५४ हजार छ सय ४० पुगेको मन्त्रालयले जनाएको छ ।

मुलुकभरका अस्पतालमा हाल कोरोना सङ्क्रमितमध्ये दुई सय २५ जनाको आईसीयूमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ५६ पुरुष छन् । थपिएकामा सुनसरीमा ३६, मोरङमा ३० जसमा १६ जना विराटनगरमा, ओखलढुङ्गामा चार, खोटाङ र झापामा दुई÷दुई, धनकुटा र इलाममा एक÷एक तथा प्रदेशबाहिर सात जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उक्त प्रदेशमा कोरोना सङ्क्रमित छ हजार पाँच सय १९ मध्ये उपचारपछि दुई हजार आठ सय ६८ घर फर्किसकेका छन् । गएको २४ घण्टामा ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ भने आज नौ सय २२ सहित हालसम्म एक लाख २१ हजार नौ सय १२ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया