Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसीआईबीद्धारा बैंकिङ कसुरका फरार अभियुुक्त शाह पक्राउ

सीआईबीद्धारा बैंकिङ कसुरका फरार अभियुुक्त शाह पक्राउ


काठमाडौं ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैैंकिङ कसुर मुुद्दाका फरार अभियुक्त सूर्यप्रसाद साहलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेका अनुसार सप्तरीको वलान बिहुुल गाउँपालिका वडा नम्बर ५ रामनगर घर भएका ३२ वर्षीय साहलाई सोमबार काठमाडौंको बानेश्वरस्थित भेनस अस्पताल अगाडिबाट पक्राउ गरिएको हो ।

प्रवक्ता पाण्डेका अनुसार काठमाडौं विश्वविद्यालय स्कुुल अफ मेडिकल साइन्सेजमा एमबीबीएस गर्दा लाग्ने नेपाल सरकारले तोकेको रकममध्ये प्रथम किस्ता बापतको रकम १३ लाख ४१ हजार रुपैयाँ काठमाडौं विश्वविद्यालयको नेपाल इन्भेष्टमेन्ट बैंक बनेपा काभ्रेपलाञ्चोकमा रहेको खातामा जम्मा गर्नुपर्नेमा साहले महालक्ष्मी विकास बैंक बानेश्वर शाखाको चेक नम्बर भी ००९४०० ५१९३ को चेक भुक्तानीको लागि काठमाडौं विश्वविद्यालयको खाता रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको बनेपा शाखामा दिएका थिए । सो चेकमा पर्याप्त रकम मौज्दात नरहेको भनी बैंकबाट चेक बाउन्स भएको भनी फिर्ता भएकाले काठमाडौं विश्वविद्यालयले उक्त चेक बाउन्स भएको सम्बन्धमा बैंकिङ कसुर शीर्षकमा जिल्ला प्रहरी कार्यालय धुलिखेलमा कसुर मुुद्दा दर्ता गराएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

सो लगत्तै फरार रहेका प्रतिवादी साहलाई पक्राउ गरी दाखिला गरिदिन जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट आएको पत्रअनुसार साहलाई पक्राउ गरी थप कारबाही तथा अनुसन्धानको लागि सोमबार नै जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाएको प्रवक्ता पाण्डेले बताए ।

नगद १६ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ : नगद १६ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले चेकजाँचको क्रममा भारत पूर्वी चम्पारण रक्सौल बस्ने वर्ष ५० को कृष्ण कुमार जैनको साथबाट स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ १६ फेला पारी सो नगद र मोटरसाइकलसहित निजलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको सूचनापछि कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पर्सा वीरगञ्ज म.न.पा.वडा नं.७ माईस्थामा ना.६४प ९०५६ नम्बरको मोटरसाइकल चालकलाई रोकी चेकजाँच गर्दा भारत पूर्वी चम्पारण रक्सौल बस्ने जैन पक्राउ परेका हुन् । पक्राउ परेका जैनलाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिई बैंक तथा वित्तीय ऐनसम्बन्धी कसुर शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया