Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्बौँको बजेट सदुपयोग गरी प्रभावकारी काम गर्न विज्ञापन बोर्डलाई आग्रह

अर्बौँको बजेट सदुपयोग गरी प्रभावकारी काम गर्न विज्ञापन बोर्डलाई आग्रह


काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापनसम्बन्धी अर्बौँको बजेट सदूूपयोग हुने गरी प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई आग्रह गरेका छन् । मंगलबार सिंहदरबारमा आयोजित बोर्डको चौथो पूूर्ण बैठकमा बोल्दै उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराउए ।

‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालाहरुसँग थप सुझाव आवश्यक लिन ढिलाई गर्नु हुन्न,’ उनले भने, ‘त्यसैले विज्ञहरुसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔं ।’ मन्त्री गुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी काम गर्न गठित कार्यदललाई पुस मसान्तभित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गतिदिन पनि आग्रह गरेका छन् ।

बोर्ड बैठकले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिए । सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यका साथ मन्त्री गुरुङ आएपछि पहिलो पटक विज्ञापन बोर्ड गठन गरिएको हो । मन्त्री गुरुङले बोर्डले ऐन, नियम र कानुनको परिधि भित्र रहेर जिम्मेवार ढंगले काम गर्ने विश्वास व्यक्त गरेका छन् । बैठकमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालको पनि उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया