काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छिन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख राजनीतिक भागबण्डामा नियुक्तिका लागि सिफारिस गरेको थियो । राष्ट्रिय योजना आयोगमा पनि मिलेमतोमै राजनीतिक नियुक्ति गरेको छ ।
नेपालको संविधानको धारा १६३ को उपधारा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को मंगलबारकै बैठकले लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेललाई पदमुक्त गरी गुरुङ र शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
शेरचन नेकपा माओवादी केन्द्र र गुरुङ्ग नेपाली कांग्रेस चितवनका पुराना नेता हुन् । दुवै जना चितवनका स्थायी बासिन्दा हुन् । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए । उनलाई केपी ओली नेतृत्वको सरकारले उक्त प्रदेश प्रमुखबाट हटाइएको थियो । मंगलबार पनि शेरचन माओवादी कोटामा नियुक्तिका लागि सिफारिसमा परेका हुन् ।
सरकारले योजना आयोगको उपाध्यक्षमा भने युवा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ । आयोगको अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । स्वर्णिम वाग्ले आयोगका उपाध्यक्ष भएको बेला नवनियुक्त उपाध्यक्ष पौडेल उनका सल्लाहकार थिए ।
सरकारले आयोगको सदस्यमा डा. रामकुमार फुयाल र डा. दिलबहादुर लिम्बूलाई नियुक्त गरेको छ । लिम्बू यसअघि पनि आयोगको सदस्य भइसकेका थिए । उपाध्यक्ष पौडेल नेपाली कांग्रेस तथा सदस्यद्वय लिम्बू र फुयाल नेकपा माओवादी केन्द्रको कोटामा आयोगमा नियुक्त भएका हुन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया