Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनाट्टाको चुुनावमा अन्तर्घात

नाट्टाको चुुनावमा अन्तर्घात


काठमाडौं, माघ ९
नेपाल एसोसिएसन अफ टुुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को गत ३ गते भएको निर्वाचनमा नेकपा समर्थित उम्मेदवारलाई अन्तर्घात गरेर हराइएको भनी नेकपासम्बद्ध कमिटीहरुले छानबिन थालेको छ । नेकपाको पर्यटन व्यवसायीसम्बद्ध सीताराम सापकोटा र मदन आचार्यले नेतृत्व गरेका संगठनहरु र मुुकुुन्द न्यौपाने नेतृत्वको पर्यटन विभागले छुट्टाछुुट्टै रुपमा छानबिन सुरु गरेका छन् । नाट्टाको चुनावमा ४ सय ९८ जना मतदाता रहेका थिए । त्यसमध्ये ४ सय ५ भोट खसेको थियो ।

नाट्टाको १५ सदस्यीय समितिमा नेकपाका उम्मेदवारले वरिष्ठ उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्षलगायत दश पदमा विजय हासिल गरे पनि पार्टी कमिटीभित्र सर्वसम्मतरुपमा अध्यक्ष पदका लागि प्रस्तावित भीम पन्त र कोषाध्यक्ष पदका हरिभक्त श्रेष्ठले निर्वाचन हारेपछि नेकपा सम्बद्ध कमिटीले अन्तर्घात भएको निष्कर्ष निकालेर छानबिन थालेको हो । निर्वाचनमा अच्युुत गुरागाईंले १ सय ५० मत पाएर चुुनाव जितेका थिए । नेकपा उम्मेदवार भीम पन्तले १ सय २६ मत मात्र प्राप्त गरेका थिए । स्वतन्त्र उम्मेदवार मिहिका धाख्वाले १ सय ९ मत प्राप्त गरेकी थिइन् ।

नाट्टामा नेकपा समर्थक मत नै दुई सयभन्दा बढी छ । तर निर्वाचनमा पार्टी समर्थित उम्मेदवारले १ सय २६ मत प्राप्त गरेर पनि पराजित भएपछि अन्तर्घाती खोज्न थालिएको हो । यसअघि नेकपा समर्थित सीएन पाण्डे अध्यक्ष पदमा निर्वाचित भएका थिए । डलरकाण्डदेखि वाइडबडी काण्डसम्ममा मुछिएका सीएन पाण्डे र मुुक्ति पाण्डेका दाजुुभाइले नै पार्टी समर्थित उम्मेदवारविरुद्ध अन्तर्घात गरेकाले दश पद जित्दा पनि अध्यक्ष र कोषाध्यक्ष पद गुमाउनुुपरेको थाहा भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया