Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्राइम लाइफद्वारा संस्थागत सुशासन निर्देशिकाविपरीत कार्य

प्राइम लाइफद्वारा संस्थागत सुशासन निर्देशिकाविपरीत कार्य


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सुशासनको निर्देशिकाविपरीत कार्य गरेको ठहर गर्दै बीमा समितिले उक्त कम्पनीलाई नगद जरिवाना तिराएको छ ।

समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमासम्बन्धी निर्देशन, २०७३ विपरीत कार्य गरेका कारण प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको समितिको कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले बताएका छन् ।

‘उक्त कम्पनीको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हितविपरीत नक्कली बीमा लेख जारी हुन गएको देखिएको थियो’, प्रवक्ता पौडेलले भने ।

यसैगरी वैदेशिक रोजगार म्यादी जीवन बीमासम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई जरिवाना गर्ने निर्णय गरिएको प्रवक्ता पौडेलको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया