Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतले नेपाललाई १२ अर्ब अनुदान दिने

भारतले नेपाललाई १२ अर्ब अनुदान दिने


नयाँ दिल्ली । छिमेकी देश भारतले नेपाललाई १२ अर्ब रुपैयाँ वार्षिक अनुदान दिने भएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले लोकसभामा प्रस्तुत गरेको बजेटमा उक्त कुरा उल्लेख गरिएको छ ।

यसअनुसार नेपालले साढे सात अर्ब भारु पाउनेछ । यो भनेको नेपाली १२ अर्बजति हो । अघिल्लो वर्ष भारतले नौ अर्ब ९२ करोड भारु बजेटमार्फत छुट्याएको थियो । भारतले हरेक वर्ष बजेटमार्फत छिमेकी देशलाई अनुदान घोषणा गर्ने गरेको छ ।

आर्थिक वर्ष २०२२/२३ का लागि भारतले तीन सय ९४ खर्ब ५० अर्ब भारुको बजेट ल्याएको हो । नयाँ बजेटअनुसार भुटानले २२ अर्ब ६६ करोड, अफगानिस्तानले दुई अर्ब, बंगलादेशले तीन अर्ब, श्रीलंकाले दुई अर्ब, माल्दिभ्सले तीन अर्ब ६० करोड, म्यान्मारले छ अर्ब, मंगोलियाले १२ अर्ब र मौरिससले नौ अर्ब भारु वार्षिक अनुदान पाउनेछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया