सम्पदा यात्राका लागि ‘होप अन हप अफ’ बस सञ्चालनको तयारी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकनमा पर्यटकहरूलाई सहज बनाउन ‘होप अन हप अफ’ सिटी बस सञ्चालको तयारी थालेको छ । मन्त्रालयले बस सञ्चालनको लागि सरोकारवाला निकायहरूसँगको छलफललाई तीव्रता दिएको हो । मन्त्रालयमा सोमबार भएको छलफलमा बस व्यवसायी, विज्ञ तथा ट्राफिक प्रहरीलगायत सरोकारवालाको उपस्थिति थियो ।
काठमाडौंका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई सम्पदा क्षेत्र अवलोकनमा सार्वजनिक सवारी सहज बनाउन ‘होप अन हप अफ’ बस सञ्चालन गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । काठमाडौंमा पर्यटकहलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुँदा हैरानी खेप्नुपरेको गुनासो आउने गरेको छ ।
काठमाडौंका विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा तथा मुख्य पर्यटकीय क्षेत्रमा ‘होप अन हप अफ’ बस सञ्चालन भएपछि पर्यटकहरू केही घण्टामै मुख्य पर्यटकीय क्षेत्रको अवलोकन गर्न सक्नेछन् । ‘होप अन हप अफ’का लागि अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका बससेवा सञ्चालन गर्नुपर्ने सरोकारवालाको सुझाव छ । पहिलो चरणमा साझा यातायातका बिजुली बसलाई ‘होप अन हप अफ’का लागि प्रयोग गर्ने तयारी गरिएको छ ।
साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले दुई महिनाभित्र बस सञ्चालन गर्नेगरी तयारी अघि बढाइएको बताए । अपाङ्गता तथा ज्येष्ठ नागरिकमैत्री बसमा पर्यटक पथप्रदर्शक समेत हुनेछन् । २७ किलोमिटरको मुख्य सम्पदा यात्राका लागि करिब साढे दुई घण्टा समय लाग्नेछ ।
पाँचवटा बस ३०–३० मिनेटमा छुट्ने गरी तयारी गरिएको तुलाधरले बताए । मन्त्री श्रेष्ठले पर्यटन पुनरुत्थान कार्ययोजनामा ‘होप अन हप अफ’ बस सञ्चालनलाई प्राथमिकता दिएको बताए । उनले पर्यटन क्षेत्र विकासको लागि सांस्कृतिक सम्पदाहरूलाई संरक्षण र संवद्र्धन गर्दै अर्थतन्त्रमा टेवा पुग्ने गरी कार्ययोजना अगाडि बढाइएको बताए । पर्यटकका लागि नेपाल बाह्रै महिना घुम्नयोग्य छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्ने योजना बनाइएको उनको दाबी छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भान्सामा सिस्नोको परिकार पाक्ने क्रम बढ्दै
- बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण
- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालको सुधार
- होटल र मदिरा व्यवसायीलाई करको दायरामा आउन आग्रह
- म्युचुअल फण्ड नियमावलीको प्राविधिक त्रुटिमा टेकेर बार्गेनिङ
- मोबाइलबाट दिनमा दुई लाख रुपैयाँसम्म कारोबार
- तलब, पेन्सन र सामाजिक सुरक्षाको रकम वृद्धि सरकारका लागि घाँडो
- २१ सय ११ बिन्दुमा खुम्चियो सेयर बजार
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया