Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१९ किलो चाँदीसहित एक भारतीय पक्राउ

१९ किलो चाँदीसहित एक भारतीय पक्राउ


जनकपुरधाम । सशस्त्र प्रहरी धनुषाले १९ किलो चार सय १७ ग्राम चाँदीसहित एक भारतीय नागरिकलाई सीमा क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ परेको चाँदी १९ लाख ६४ हजार ३४० रूपैयाँबराबरको रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला ग्राम पञ्चायत सुटठीगाउँ वडा नं. ६ का ५० वर्षीय चन्द्रकान्त झा. रहेका छन् । शनिबार साँझ भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई बीओपी जटहीमा चेकजाँचको क्रममा पक्राउ गरिएको सशस्त्र प्रहरी ८ नं. गण धनुषाले जनाएको छ । प्रहरीका अनुसार झाले उक्त चाँदी शरीरमा बाँधेर ल्याएका थिए ।

पक्राउ गरिएको चाँदीसहित झालाई आइतबार जनकपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल ८ नं. गणले जनाएको छ । पक्राउ गरिएको चाँदी भन्सार कार्यालय जनकपुरमा राखिएको छ भने अभियुक्तलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया