काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १४ लाख रुपैयाँ जरिवाना ठहर भएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक कमल थापाका अनुसार बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१७ धोबिचौर बस्ने ७५ वर्षीय राममान श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको हो । उच्च अदालत पाटनको २०७९ भदौ १७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा पाँच दिन कैद र १४ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका श्रेष्ठलाई काठमाडौं महानगरपालिका–१७ धोबिचौरबाट पक्राउ गरिएको प्रवक्ता थापाले बताए ।
पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ । यसैगरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्ने ४२ वर्षीय बद्री बोहरालाई बुधबार दिउँसो पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बोहोरालाई काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाबाट पक्राउ गरेको जानकारी दिएको छ ।
उच्च अदालत पाटनको २०७९ मंसिर १८ गते फैसलाले चार दिन कैद, ११ लाख ६० हजार रूपैयाँ जरिवाना र ४६ हजार चार सय रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने ठहर भई फरार रहेका थिए । पक्राउपश्चात् बोहोरालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया