Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसमयतालिका निर्माण गरी बजेट कार्यान्वयनमा जोड दिंदै कञ्चन

समयतालिका निर्माण गरी बजेट कार्यान्वयनमा जोड दिंदै कञ्चन


बुटवल । कञ्चन गाउँपालिका रुपन्देहीले बजेट कार्यान्वयनमा सयम तालिका निर्माण गर्दै सबै कामहरु तोकिएको समयमै सम्पन्न गर्ने गरी अगाडी बढेको छ । चालु आर्थिक बर्षको दोश्रो त्रैमास सकिएसँगै लभग लभग सबै स्थानीय तहहरुले पुँजीगत खर्चलाई विशेष महत्वकासाथ दु्रत गतिमा अगाडी बढाईरहेको समयमा कञ्चन गाउँपालिकाले भने असारे विकासको अन्त्यका लागि बजेट कार्यान्वयनमा समय तालिकालाई विशेष जोड दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीका अनुसार गाउँपालिकाका वडागत तथा उपभोक्ता समिति मार्फत कार्यान्वयनमा आउने योजनाहरु सकेसम्म बैशाख भित्रै सम्पन्न गर्नु पर्ने योजना रहेको छ भने ठुला र टेण्डर प्रक्रियाबाट हुने योजनाहरु असारको पहिलो हप्ता भित्रै सम्पन्न गर्नुपर्ने गरी पुँजीगत खर्चलाई उच्चतम र चालु खर्चलाई न्यूनतम गर्ने गरी अगाडी बढेको छ ।

प्रमुख प्रशासकीय अधिकृत पन्थीले गाउँपालिकामा हिउँदे अधिवेशन चलिरहेको जानकारी गराउँदै संस्कृति जस्तै बनेको असारे विकासलाई पूर्ण रुपमा निस्तेज पार्दै स–साना योजनाहरु बैशाख भित्र र बाँकी एक बर्षीय ठुला टेण्डर प्रक्रियाबाट कार्यान्वयनमा आउने योजनाहरु असारको पहिलो हप्ता भित्रै सक्ने रणनीति अवलम्बन गरेको बताए । अधिकृत पन्थीले स्थानीय तहको विकास र समृद्धिमा सबै एक जुट भएर लाग्नुको विकल्प नभएको बताउँदै साना तथा ठुला सबै योजनाहरु समय तालिका अनुसार सम्पन्न भए योजनाहरुको अनुगमनमा समय मिल्ने र प्रभावकारी ढंगबाट सम्पन्न हुने बताए । पन्थीले उपभोक्ता समितिले कामको जिम्मा लिन खोज्ने तर सरकारले उपभोक्ता समिति गठन के का लागि गरेको हो भन्ने कुरा तर्फ केन्द्रित नभई स्वयम् उपभोक्ताले गर्नु पर्ने काम पनि उपभोक्ताले जिम्मा लिएर ठेकेदार मार्फत गराउने गलत प्रचलनको विकास बढ्दै गएको बताउँदै जनसहभागिकाको पक्ष निकै कमजोर बन्दै गएको र जनसहभागिता नाम मात्रको बनाउने गलत परम्परा प्रति दुःख व्यक्त गरे ।

सिमित श्रोत र साधनका वावजुत पनि अधिक्तम योजनाहरु कार्यान्वयनमा ल्याउनुपर्ने अवस्था रहेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले मागका आधारमा योजनाहरु टिपोट भएतापनि प्राथमिकता र आवश्यकतालाई मूल्याङ्कन गरेर सोही प्रकृतिका योजनाहरु कार्यान्वयन गर्ने गरिएको बताए । दश लाख भन्दा माथिका योजनाहरु ई–विडिङ मार्फत गर्ने गरिएको बताउँदै पन्थीले प्रदेश सरकार र संघीय सरकारका समपुरक अन्र्तगतका योजनाहरुको टेण्डर प्रक्रिया सम्पन्न भई कार्यान्वयनमा आईसकेको बताए । पन्थीले ग्रामिण क्षेत्रमा स–साना योजनाहरु बढी हुने भएतापनि दीर्घकालिन महत्वका योजनाहरु प्राथमिकतामा राख्ने गरिएको बताए ।

चालु आर्थिक बर्षका लागि ६३ करोड ३८ लाख ३५ हजार रुपैयाँ मध्ये चालुतर्फ २५ करोड २९ लाख ४० हजार रुपैयाँ अर्थात ३९ दशमलव ९१ प्रतिशत, पुँजीगततर्फ २४ करोड ५८ लाख ९५ हजार ३८ दशमलव ७९ प्रतिशत र सामाजिक सुरक्षा तर्फ १३ करोड ५० लाख रुपैयाँ विनियोजन भएको बताउँदै लेखा अधिकृत सन्तोष गैरेले बैज्ञानिक अनुमान योग्य र पारदर्शी राजस्व प्रणालीको विकासबाट निजी लगानीमैत्री वातावरण सृजना गरी उत्पादनमूलक क्षेत्रमा प्रवद्र्धनात्मक विकास गरेर आर्थिकस्तर उकास्ने, सबै प्रकारका क्रियाकलापहरुलाई करको दायरा भित्र ल्याउँदै करछलि, तथा चुहावट नियन्त्रण गरी करको दर कम गर्दै दायरा बृद्धि गर्ने कर प्रशासनलाई सक्षम बनाउन सूचना प्रविधीको प्रयोग मार्फत कर संकलन गर्ने, गैर कर राजस्वका दरहरुलाई पारदर्शी बनाई थप राजस्व संकलन गर्ने गाउँपालिकाको रणनीति भएको बताए ।


क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया