आयल निगमले बिक्री गर्ने पेट्रोलियम पदार्थमै मिसावट
काठमाडौं : नेपाल आयल निगमले भारतबाट बिक्री गर्न ल्याएको पेट्रोलमै मिसावट गरी बिक्री गर्ने गरेको पाइएको छ । निगमको झापास्थित चारआली शाखामा बिक्रीको लागि ल्याइएको चार ट्यांकर पेट्रोलियम पदार्थमा गुणस्तरहीन तारपिन तेललगायतका पदार्थहरु मिसावट गरी बिक्रीको लागि ल्याएको पाइएको हो ।
भारतको सिलिगुढीमा गुणस्तर नापजाँच गरी पठाइएको पेट्रोलियम पदार्थ चारआली ल्याइपु¥याउँदा फरक पाइएको भनिए पनि निगमको शाखा कार्यालय चारआली डिपोका प्रमुख भीम विश्वकर्मा तथा भद्रपुरस्थित हवाइ इन्धन डिपो प्रमुखको मिलेमतोमा आफैँ मिसावट गरी बजार पठाउने गरिएको स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार यसअघि अमलेखगञ्ज, वीरगञ्ज तथा थानकोट डिपोमा समेत यसैगरी निगमकै डिपो प्रमुखहरुले नै पेट्रोलियम पदार्थमा गुणस्तरहीन तारपिनलगायतका पदार्थहरु मिसावट गरी बिक्री गर्ने गरेको पाइएपछि प्रहरीले अनुसन्धान गरेको थियो ।‘निगम नेतृत्वकै संरक्षणमा डिपो प्रमुखहरुले यस्तो गर्ने गर्दछन्’, स्रोतले भन्यो, ‘चारआलीमा समेत लामो समयदेखि मिसावट गरिएको पेट्रोलियम पदार्थ बिक्री गर्ने गरिएकोमा यस पटक भने डिपो प्रमुख भीम विश्वकर्मासँग लेनदेनमा कुरा नमिलेपछि मिसावटको कुरा बाहिर आएको हो ।’
निगमको विषयमा केही कुनै पनि कुराहरु बाहिर आउँदा नेतृत्वको समेत चर्चा हुने गर्दछ । यतिबेला नेपाल आयल निगमको नेतृत्वमा उमेश प्रसाद थानी छन् । निगमको प्रमुख हुन शैक्षिक योग्यता तथा अनुभवले अयोग्य भनेर आरोप लागेका थानीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।
उनै थानीले चारआलीमा पेट्रोलियम पदार्थमा मिसावट भएको पत्र आएपछि कमला न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाई के भएको हो भनेर बुझ्नको लागि पठाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए । उनका अनुसार यसमा अमलेखगञ्ज, वीरगञ्ज तथा थानकोटकै जस्तो केस भए पनि पहिला निगमले नै अनुसन्धान गर्ने र त्यसमा चित्त नबुझे प्रहरीसँग समेत सहयोग लिग्ने बताए भने चारआली डिपो प्रमुखलाई सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ रहेको थियो । निगमले आफ्ना कर्मचारीहरुको गल्तिलाई समेत ढाकछोप गर्ने गरेकोले कतिपय कुराहरु बाहिर नै आउँदैन । स्रोतले भन्यो, ‘नेतृत्वले समेत भाग खोज्नाले डिपो प्रमुखहरु यस्तो काममा उत्सुकताका साथ लाग्ने गरेका छन् ।’
क्याटेगोरी : समाचार, सुलसुले
ट्याग : #Page 1
ताजा अपडेट
- अर्थतन्त्र जटिल समस्यामा छैन : थपलिया
- राष्ट्रका सबै चुनौतीको सामना गर्न गठबन्धन सक्षम हुनेछ : अध्यक्ष नेपाल
- कृषि ज्ञान केन्द्र कालिकोटका तत्कालीन निमित्त प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- सबै मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिऔँ : नेता यादव
- हामीलाई असफल हुने छुट छैन : उपसभापति अर्याल
- बजार परिसुचक १९ सय ४९ बिन्दुमा
- विश्वासको मत दिन सक्दैनौँः अध्यक्ष लिङ्देन
- सधैँ राजनीतिक स्थिरता र समृद्धिका पक्षमा छौँ : सभापति देउवा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
तपाईको प्रतिक्रिया