बझाङमा बसको ठक्करबाट बालकको मृत्यु, घटनास्थल तनावग्रस्त
बझाङमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । शनिबार दिउँसो सुर्मा गाउँपालिका–३ का धनबहादुर बोहराका तीन वर्षीय छोरा सरगम बोहराको ज्यान गएको हो ।
जिल्ला सदरमुकाम चैनपुर जाने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सुपप्र०२–००१ख १११९ नं बसको ठक्करबाट सख्त घाइते भएका बोहराको जिल्ला अस्पतालमा ज्यान गएको प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।
उनका अनुसार बालकलाई ठक्कर दिने बसचालक बैतडीको पुरचौडी नगरपालिका–५ का गणेश बोहरालाई नियन्त्रणमा लिइसकेको छ । दुर्घटनापछि घटनास्थल चौडबजार क्षेत्र तनावग्रस्त भएको छ । पीडित परिवार तथा आफन्तले बसचालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका छन् ।रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- तराईमा उखरमाउलो गर्मी, मजदुरीदेखि पढाइसम्म प्रभावित
- संसद्को रेकर्डबाट कस्तो अभिव्यक्ति हटाइन्छ, ‘असंसदीय शब्द’ के हो ?
- प्रचण्डको भ्रमणपछि नेपाल-भारत सम्बन्धमा अविश्वास बढ्यो कि घट्यो?
- गरिब देशका नर्सहरूको पलायन ‘नियन्त्रणबाहिर’
- चर्च ब्वाइजलाई ए डिभिजन लिगको डेब्यु खेलमै उपाधि
- संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी
- अझै भेटिएनन् सुनकोशीमा बेपत्ता कर्मचारी
- ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
धेरैले पढेको
- कृत्रिम गर्भाधानमा खुलेआम अवैध भारतीय लगानी !
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया