Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविपद्मा जनताको सहारा बन्न सहकारीहरूलाई निर्देशन

विपद्मा जनताको सहारा बन्न सहकारीहरूलाई निर्देशन


काठमाण्डौं,चैत १८

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणका कारण नेपाल एक सातादेखि लकडाउनको अवस्थामा रहेको भन्दै विपद्मा जनताको सेवक बन्न सहकारीहरूलाई निर्देशन दिएकी छिन् । राष्ट्रव्यापीरूपमा मजबुत नेटवर्क भएको सहकारी संस्थाका विषयगत केन्द्रीय संघका अध्यक्षहरूसँग छलफल गर्दै मन्त्री अर्यालले सहकारी संस्थाद्वारा सञ्चालित सहकारी स्वास्थ्य अस्पतालहरूको अधिकतम परिचालन गर्न, सहकारी स्वास्थ्य संस्थाहरूबाट चलाइएको एम्बुलेन्सहरू बिरामीको ओसारपसारमा परिचालन गर्न निर्देशन दिइन् । त्यस्तै मन्त्री अर्यालले स्थानीय प्रशासनसँग समन्वय गर्दै सहकारी बैंक, सहकारीहरू आंशिकरूपमा खोलेर जीविकोपार्जन, औषधोपचारजस्ता सेवाहरू प्रवाह गर्न निर्देशन दिएकी छिन् । आफ्ना सेयर सदस्यहरूको स्वास्थ्यलाई ध्यानमा राखेर आफू पनि बचेर सेयर सदस्यहरूलाई सचेतनामूलक कार्यक्रममार्फत सचेत गराउनसमेत मन्त्री अर्यालले आग्रह गरिन् । ‘मुलुक अहिले संकटमा छ ।

यस्तो विपद्को बेलामा सहकारी क्षेत्रको सहयोग अमूल्य रहन्छन् । यो अभियान सबैतिर फैलिएको छ । त्यसैले तपाईंहरूले सेवामुखी भावनाले जनतालाई सहयोग गरी यो विपद्सँग लड्न राष्ट्रलाई सहयोग गर्नुस्’, मन्त्री अर्यालले भनिन् । यसअघि आइतबार सहकारी विभागले विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को संक्रमणबाट मानव जीवनको रक्षाका निम्ति सहकारी संस्थाहरूलाई ६ बुँदे परिपत्र गरिसकेको छ । साथै छलफलमा उनले आउँदै गरेको राष्ट्रिय सहकारी दिवस कसरी मनाउने भन्ने सन्दर्भमा पनि छलफल भएको थियो । बैठकले राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा दिवस मनाउनका लागि व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरूमा परितोष पौडेल, खेम पाठक, केबी उप्रेती, सुरेन्द्र भण्डारी, नारायण देवकोटा, ज्ञानबहादुर तामाङ, माधव दुलाल, केदार खड्का रहेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया