पूर्वराजाद्वारा सरकारको कदमको समर्थन दुई करोड दिने घोषणा
काठमाण्डौं,चैत १९
पूर्वराज ज्ञानेन्द्र शाहले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण कार्यमा सरकारले लगाएको लकडाउनलाई बाध्यात्मक र अनिवार्यता भन्दै सरकारको कदमको समर्थन गर्दै यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई पनि नभएको बताएका छन् । मंगलबार विज्ञप्ति प्रकाशित गरी पूर्वराजा शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको. कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा पनि गरेका छन् ।
आन्तरिक उडान पनि वैशाख ३ गतेसम्म बन्द
सरकारले आन्तरिक हवाइ उडान पनि आगामी वैशाख ३ गतेसम्मका लागि बन्द गरेको छ । यसअघि अन्तर्राष्ट्रिय उडान पनि वैशाख ३ गते राति १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय सरकारले गरिसकेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई पत्र पठाएर वैशाख ३ गतेसम्म उडान बन्द गर्न निर्देशन दिएको हो । उक्त पत्रका कारण कुनै पनि विमान कम्पनीले कुनै पनि किसिमका उडान गर्न पाउनेछैन । आकस्मिक अवस्थामा चार्टर्ड फ्लाइट, मेडिकल फ्लाइट, एयर एम्बुलेन्स तथा आकस्मिक अन्य उडान भने नरोकिने प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
- श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार आवश्यक छ: अध्यक्ष नेपाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया