Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकालिञ्चोक गाउँपालिकाले चालू वर्षमा ९ किलोमिटर पक्की सडक निर्माण गर्ने

कालिञ्चोक गाउँपालिकाले चालू वर्षमा ९ किलोमिटर पक्की सडक निर्माण गर्ने


दोलखा । जिल्लाको कालिञ्चोक गाउँपालिकाले चालू वर्षभित्र नौ किलोमिटर ग्रामीण सडकको स्तरोन्नति गर्ने भएको छ । दैनिक ओहोरदोहोर गर्ने स्थानीय ग्रामीण सडकको स्तरोन्नति गर्दै लैजाने योजनासहित पक्की (आरसीसी) ढलान गर्न सुरु गरेको कालिञ्चोक गाउँपालिकका अध्यक्ष अर्जुन शिवाकोटीले जानकारी दिए ।

गाउँपालिकाले सबै वडाका ग्रामीण सडकको स्तरोन्नति गर्दै पक्की सडक निर्माण गर्दै लैजाने योजना बनाएको अध्यक्ष शिवाकोटीले बताए । नौवटा वडा रहेकोे गाउँपालिकामा एक वडाबराबर एक किलोमिटर सडक ढलान गर्ने उनको भनाइ छ । यस गाउँपालिकाले ग्रामीण सडक सञ्जालको स्तरोन्नति गर्न चालू वर्ष १२ करोड बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष शिवाकोटीले कालिञ्चोक क्षेत्रमा वर्षा धेरै हुने हुँदा वर्षाले कालोपत्रे धेरै टिकाउ नहुने तथा उप्किने, भत्किने समस्या नआओस् भनेर सबै ग्रामीण सडकको आरसीसी ढलान गर्न लागिएको जानकारी दिए । चालू वर्षको विनियोजित बजेटबाट निर्माण हुने धेरै जसोको सडकको ठेक्का सम्झौता भइसकेको छ भने केही सडकको टेन्डर गर्ने तयारी रहेको अध्यक्ष शिवाकोटीले बताए । गाउँपालिकाले आन्तरिक स्रोतबाटै ग्रामीण सडकको स्तरोन्नति गर्न उक्त रकम छुट्याइएको हो ।

त्यस्तै आगामी पाँच वर्षभित्र ६० किलोमिटर पक्की आरसीसी सडक निर्माण गर्ने गाउँपालिकाको लक्ष्य छ । केन्द्र र प्रदेश सरकारले अनुदान सहयोग गरे एक सय किलोमिटर सडक ढलान गर्ने र बाह्य अनुदान प्राप्त नभए पनि आन्तरिक स्रोत जुटाएर पाँच वर्षको अवधिमा ६० किलोमिटर पक्की सडक निर्माण गर्ने लक्ष्य तथा योजना बनाएको अध्यक्ष शिवाकोटीले जानकारी दिए । पर्यटकीय तथा कृषिको हिसाबले उर्वर भू–भाग रहेकोे यस पालिकामा गाउँपालिकाले कृषि तथा पशुपालन किसानलाई अनुदानको लागि भनेर ९० लाख बजेट चालू वर्षमा विनियोजन गरेको छ । उक्त रकमले चालू वर्षमा व्यावसायिक कृषिमा लागेका, तरकारी खेती गर्ने, फलफूल खेती गर्ने पशुपालक कृषकलाई अनुदान दिने पालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिका पालिकाले गुणस्तरीय शिक्षाको विकास, नागरिकको स्वास्थ सुधार, स्वच्छ खानेपानी उपलब्ध गराउन एक घर एक धारा कार्यक्रमलाई पनि बजेट विनियोजन गरेको छ भने, जंगली जनावरबाट किसानले लगाएको बालीनालीको संरक्षण गर्न बजेटको व्यवस्थापन गरेको छ । गाउँपालिका चालू वर्षमा निर्माण हुने साना–ठूला गरेर चार सयको हाराहारीमा योजना वितरण गरेको छ । धेरैजसो योजना सम्झौता भएर धमाधम काम भइरहेको गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया