प्रादेशिक अस्पतालको बर्न वार्डलाई ५४ लाखको सामान हस्तानान्तरण
जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा अग्निजन्य हिंसाबाट प्रभावितको उपचारमा सहयोग गर्ने उद्देश्यले ५४ लाख रूपैयाँबराबरको सामानहरू हस्तानान्तरण गरिएको छ । अग्निजन्य हिँसाको प्रभावितका क्षेत्रमा काम गरिरहेको संस्था बीभीएस नेपाल आयोजना तथा एक्सन एडको सहयोगमा प्रादेशिक अस्पताल जनकपुरधामको बर्न वार्डमा छ बेड थप्नको लागि चाहिने आवश्यक सामानहरू प्रदान गरिएको छ ।
प्रादेशिक अस्पतालको वर्न वार्डमा अग्निजन्य हिंसाका प्रभावितको संख्यामा वृद्धि भइरहेकाले वर्तमान अवस्थामा अस्पतालसँग रहेको छ बेडको बर्न वार्डले कठिनाइ भइरहेको बेला विभिन्न २० वटा सामानहरू प्रदान गरिएको हो । हस्तानान्तरण गरिएको सामानहरूमा बर्न बेड छ थान, दुई टनको एसी दुई थान, रेफ्रिजेरेटर दुई थान, ड्रेसिङ सेट १२ थान, ह्वीलचेयर छ थान, फोल्टेवल चेयर छ थानलगायतका अग्निजन्य हिंसा प्रभावितको उपचारमा प्रयोग हुने सामानहरू रहेका छन् । प्रादेशिक अस्पतालका तर्फबाट ती सामानहरू ग्रहण गर्दै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहले बीभीएस नेपालको सहयोगमा पाएको सामानहरूले बर्न वार्डको सेवा विस्तारमा सहयोग पुग्ने बताए ।
कात्तिकदेखि फागुन महिनासम्म चिसोका कारण आगोको ताप्नेलागायतका गतिविधिका कारण अग्निजन्य हिंसा प्रभावितको चाप बढेको गरेको छ । एक वर्षमा प्रादेशिक अस्पताल जनकपुरधाममा ८० भन्दा बढी अग्निजन्य हिंसाको प्रभावित सेवा लिन आएको बीभीएस नेपालका दिपेन्द्र तिवारीले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सिटिजन्स बैंकको प्रमुख कार्यकारीमा पोखरेलको निरन्तरता
- ‘घर बीमालाई अनिवार्य गरौँ’
- बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउन चेम्बरको प्रस्ताव
- ‘उच्च ब्याजदरले समग्र मागमा उच्च संकुचन, उद्योगी व्यवसायीको मनोबल घट्यो’
- अस्ट्रेलियाले नयाँ नोटमा बेलायती राजपरिवारको तस्बिर नछाप्ने
- चीन घेर्दै अमेरिका
- बैंकिङ कसुर मुद्दाका चार जना फरार प्रतिवादीहरू विभिन्न स्थानबाट पक्राउ
- ७० प्रतिशतसम्मको छुटसहित बिजबजारको माघ महिनाको ‘२० मा बीज’
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया