Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिअरूमाथि घृणा फैलाउने, आतंक मच्चाउने विषय पहिचानको राजनीति हुन सक्दैन: एमाले अध्यक्ष ओली

अरूमाथि घृणा फैलाउने, आतंक मच्चाउने विषय पहिचानको राजनीति हुन सक्दैन: एमाले अध्यक्ष ओली


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिचानको मुद्दा सबैभन्दा बढी एमालेले सम्बोधन गरेको भन्दै अरूमाथि घृणा फैलाउने, आतंक मच्चाउने विषय पहिचानको राजनीति हुन नसक्ने बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ ‘संकल्पयात्रा’का क्रममा आज(बिहिबार) बैतडीको गोठलापानीमा आयोजित पहिलो दिनको सभामा उनले पहिचानका नाममा नेपाली जनतालाई विभाजित गर्न खोजिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘अरूमाथि घृणा गर्ने, हिंसा फैलाउने, आतंक मच्चाउने पहिचानको राजनीति हुन सक्दैन । पहिचानको राजनीतिका नाममा जनता भाँड्ने, राष्ट्रिय एकता तोड्ने हाम्रो वैरीहरूलाई मद्दत पुर्याउने कुरा हो । देशलाई अनेकतामा लाने, एकताबद्ध हुन नदिने कुरा हो ।’

सो क्रममा उनले आफूलाई प्रधानमन्त्रीबाट विस्थापित गरेपछिका अढाइ वर्षमा देशमा राजनीतिक अराजकता बढेको बताएका छन् । साथै, अर्थतन्त्र ओरालो लागेको उनको दाबी छ । उनले भने, ‘मैले सरकारको नेतृत्व छाडेपछि हाम्रो देश अझ ओरालो लागेको छ, अढाइ वर्षमा मुलुक राजनीति अस्थिरता र अराजकतामा फसेको छ । अर्थतन्त्र ओरालो लाग्यो, व्यापारी व्यवसायी हतोत्साही भए । देश झन् अप्ठ्यारोमा पर्दै छ । सरकारसँग कर्मचारी पाल्ने पैसा छैन । पहिलो चार महिनामै ऋण लिनुपरेको छ ।’

देश बेहाल भएकोले जनतामा अन्योल भएको मौका छोपेर प्रतिगामी दुलाबाट टाउको निकालेर सल्बलाउन थालेको आरोप लगाउँदै अध्यक्ष ओलीले भने, ‘राजतन्त्र इतिहास भइसकेपछि अहिले आएर सालिकमा महाराजाधिराज लेख्ने काम भइरहेको छ । गणतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइरहेको छ ।’


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया