Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचाररास्वपाका रवि लामिछानेका चालक घरको छतबाट खसेर घाइते

रास्वपाका रवि लामिछानेका चालक घरको छतबाट खसेर घाइते


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक सोमबार बिहान घाइते अवस्थामा फेला परेका छन् । उनी भरतपुर महानगरपालिका वडा नं. ११ स्थित रवि लामिछाने बस्ने घरको छतबाट खसेर घाईते भएका हुन् ।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ३ घर भएका ३९ वर्षिय (शम्भु) दिलबहादुर थापा सोमबार बिहान ४ बजेको समयमा छतबाट खसेर घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया