Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारसुख्खा पहिरो खसेकाले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सुख्खा पहिरो खसेकाले नारायणगढ–मुग्लिन सडक अवरुद्ध


भरतपुर । बुधबार दिउँसो २ बजे नारायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अहिले लोडरको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन सडकमै रोकिएका छन् । पहिरोका कारण दुईतर्फी रुपमा नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया