Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशमनसुनी वायुको प्रभाव : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभाव : कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं । मनसुनी वायुको प्रभाव रहेका कारण हाल देशमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगजन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका धेरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

लुम्बिनी, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा रातिको समयमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, बागमती प्रदेश

तपाईको प्रतिक्रिया