Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयर बजार परिसुचक २१ सय ११ बिन्दुमा

सेयर बजार परिसुचक २१ सय ११ बिन्दुमा

५८ अंकले बढ्दा चार अर्ब ५५ करोडको सेयर कारोबार


काठमाडौं । सेयर बजार परिसुचक २१ बिन्दुमा माथि चढेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार बजार परिसुचक ५८ दशमलव ५८ अंकले उकालो लागेर २१ सय ११ दशमलव २४ बिन्दुमा पुगेको हो । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ५० अंकले उकालो लागेर तीन सय ७५ दशमलव १३ बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय पाँच वटा कम्पनीहरुको ८२ हजार सात सय ४६ पटकको कारोबारमा एक करोड छ लाख नौं हजार पाँच सय ९७ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ५५ करोड १६ लाख ३२ हजार तीन सय ४७ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १३ वटै उपसमुहहरुको सुुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया