Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदुई हजार १० बिन्दुमा ओर्लियो सेयर बजार

दुई हजार १० बिन्दुमा ओर्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन छ दशमलव २६ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार एक दशमलव ८५ अंकले ओरालो लागेर दुई हजार १० दशमलव २१ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५३ अंकले उकालो लागेर तीन सय ५६ दशमलव २० बिन्दुमा चढेको छ ।

धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट आज ४६ हजार दुई सय ३५ पटकको कारोबारमा ६१ लाख ३१ हजार छ सय २१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, लगानी, जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ उपसमुहको सुचक उकालो लागेका छन् भने बाणिज्य बैक, बिकास बैंक, जलबिद्युत, उत्पादनमुलक, निर्जीवन बीमा र अन्य उपसमुहहरुको ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया