सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ
सुनका गरगहना किन्ने बहानामा सुन पसलमा गई चोरी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका ९ घर भई काठमाडौं ढुङ्गेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तार्केश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी बस्ने २२ वर्षीय सुमन पुतुवार, नुवाकोट बेलकोटगढी नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका(१६ नयाँबजार बस्ने ३६ वर्षीय वीरेन्द्र बिक र भारत महाराष्ट्र घर भई काठमाडौं माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न ७ भन्दा बढी स्थानहरुमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई सुनका गरगहना किन्ने बहाना बनाई चोरी गरी फरार रहेको घटना अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले चोरीमा संलग्न रत्न र सुमनलाई गत शुक्रबार पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा अन्य २ जनालाई सोमबार पक्राउ गरेको हो । उनीहरूमध्ये रत्न चोरी गर्ने, सुमन स्कुटर चालक र वीरेन्द्र तथा हनुमन्त चोरी गरेको सुनका गहना खदिद गर्ने व्यक्ति रहेको प्रहरीले बताएको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया