Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनिषेधाज्ञामा पुँजी बजार

निषेधाज्ञामा पुँजी बजार


काठमाडौं ।
निषेधाज्ञामा पनि सेयर बजारमा लगानीकर्ताहरूको उत्साह बढेको देखियो । चाहे प्राथमिक बजारमा होस् चाहे दोस्रो बजारमा होस् लगानीकर्ताहरू उत्साहित भएको देखिन्छ । पछिल्लो पटक कोरोना नियन्त्रण भनेर गरेको निषेधाज्ञामा अरु क्षेत्र निषेध भए पनि सेयर बजार भने निषेध भएन । सेयर बजार सुचारु नै छ । योभन्दा पहिले गरेको लकडाउनमा सेयर बजार खोल्न नहुने भनेर बबण्डर गर्ने सेयर बजारका स्वघोषित नेताहरू पनि यसपालिको निषेधाज्ञामा पनि सेयर बजार खोल्नुपर्छ भन्नेमा रह्यो ।

निषेधाज्ञा भए पनि लगानीकर्ताहरू उत्साहित भएको देखियो । सेयर बजार पनि उकालो लागेको थियो भन्दा पनि फरक नपर्ला भने कारोबार रकममा पनि वृद्धि भएको देखिन्छ । एकै दिन चार अर्बको कारोबार भएको पनि थियो । निषेधाज्ञामा नेप्से पनि बढेको देखियो भने नेप्सेको वृद्धिले लगानीकर्ताहरू पनि उत्साहित भएको कतिपयको भनाइ रहेका छन् । निषेधाज्ञामा विनाकाम बाहिर आवतजावत गर्न नहने भए पनि सेयर बजार उकालो लागेकोमा विभिन्न तर्कवितर्क चर्चा बहस समेत भएको देखिन्छ ।

त्यसो त देशभरिनै निषेधाज्ञा भने छैन केही जिल्लाहरूमा मात्र गरेको थियो तर पनि सेयर बजारको बढीभन्दा बढी कारोबार हुने भनेको काठमाडौंबाट नै हो तर काठमाडौँमा भने निषेधाज्ञा थियो । निषेधाज्ञामा सेयर बजार चलेको भए पनि राफसाफमा भने केही समस्या देखिएको सरोकारवालाहरू बताउँछन् ।

निषेधाज्ञामा जारी भएको गरेको आईपीओ सेयरहरूमा पनि लगानीकर्ताहरूको बढी नै उत्साह देखिएको थियो । निषेधाज्ञामा तीनवटा आईपीओ सेयरहरू निष्काशन गरेको भएको थियो । लिबर्टी इनर्जी लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था र रिलायनस लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ निष्काशन भएको थियो यी तीनवटै आईपीओहरूमा लगानीकर्ताहरू झुम्मिएका थिए ।

निषेधाज्ञामा पनि आईपीओ सेयर खरिद गर्नको लागि आवेदन दिनेहरूको भीड नै लागेको थियो । मागभन्दा कयौं गुणा बढीले आवेदन परेका थियो । आवेदन दिनेहरूको संख्या नै लगभग ६ लाख थियो भन्ने सरोकारवालाहरू बताउँछन् ।

निषेधाज्ञामा प्राथमिक बजारमा मात्र नभई दोस्रो बजारमा पनि लगानीकर्ताहरूको आकर्षण रह्यो । त्यसो त पछिल्लो समयमा सेयर बजार पनि प्रविधिमैत्री भइसकेको छ । पछिल्लो समयमा अनलाइनबाट पनि सेयर कारोबार गर्न सकिने भएकोले पनि निषेधाज्ञामा पनि सेयर बजार बढेको हो । पछिल्लो समयमा अनलाइनबाट सेयर कारोबार गर्नेहरूको संख्या दिनानुदिन बढेको देखिन्छ ।

अनलाइनबाट घर, पसल, अफिस जहाँ पनि बसेर कारोबार गर्नसकिने भएकोले लगानीकर्ताहरू बढी उत्साहित भएको हो । कोरोनाले कहरले लकडाउनले देशको अर्थतन्त्र नै छ भन्दा पनि फरक नपर्ला व्यापार व्यवसायहरू ठप्प छ । तत्काल लगानी गर्न अरु क्षेत्रमा गर्न नसकिने अवस्थाले सेयर बजारप्रति लगानीकर्ताहरूको आकर्षण भएको भन्ने कतिपयको भनाइ रहेका छन् ।

सेयर बजारमा छोटो अवधिको लागि पनि लगानी गर्न सकिन्छ त्यसैगरी सेयर बजारमा लगानी गर्नको लागि स्रोत खुलाउने पर्ने झन्झट पनि त्यति नरहेको कारण सेयर बजारप्रति आकर्षित भएको हो भन्ने पनि कतिपयको भनाइ रहेका छन् । त्यसो त सेयर बजारमा लगानीकर्ताहरूको चाप देखियो कि वा कारोबारको भोलम बढ्यो कि अवैध रकमको पनि चर्चा हुनेगरेका छन् ।

सेयर बजारमा बेला–बेलामा देखिने यो सेयर बजारको रोगजस्तै पनि भइसकेको छ । त्यसो त पछिल्ले समयमा बैंकहरूको ब्याज दर पनि घट्ने ट्रेन्डमा छ बैंकको ब्याज दर घटेपछि सेयर बजार बढ्ने र बैंकको ब्याज दर बढेपछि सेयर बजार घट्ने पनि गरेका छन् । सेयर बजारमा बैंकको ब्याज दर र तरलताले पनि प्रभाव पारेको हुन्छ त्यसो त बेला बेलामा नियामक निकायहरको निति नियम निर्देशनमा पनि सेयर बजारमा असर गर्नेगरेका छन् ।

पछिल्लो समयमा सेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढ्दै छ । चाहे प्राथमिक बजारमा होस् वा दोस्रो बजारमा होस् नयाँ–नयाँ लगानीकर्ताहरूको प्रवेश भइरहेका छन् डिम्याट खातामा दर्ता भएकाहरू नै १८ लाखभन्दा बढी भइसकेको सरोकारवालाहरू बताउँछन् । त्यसैगरी आईपीओ सेयर खरिद गर्नको लागि आवेदन दिनेहरूको संख्या पनि लगभग छ लाख भइसकेका छन् । प्राथमिक बजारमा लगानीकर्ताहरू बढेपछि दोस्रो बजारमा पनि स्वतः बढ्छ ।

त्यसो त सेयर बजार भनेको चक्रीय प्रणालीमा चल्ने बजार हो भनेर पनि भन्ने गरेका छन् सेयर बजार सधैँ घट्ने र सधैँ बढ्ने भइरहँदैन । सेयर बजार भनेको घट्ने/बढ्ने भइरहन्छ । सेयर बजार बढेपछि घट्छ पनि घटेपछि बढ्छ पनि । कतिपय अवस्थामा सेयर बजारमा हल्ला र चलखेलले पनि प्रभाव पार्नेगरेको छ । यसकारणले सेयर बजारका लगानीकर्ताहरू सतर्क, सचेत र जानकार हुनुपर्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया