नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारीद्वारा अनाथ आश्रमलाई सहयोग
जनकपुर, वैशाख २२
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरूले अनाथ आश्रमलाई सहयोग गरेका छन् । कम्पनीको २०औं वार्षिकउत्सव तथा कम्पनीको स्वतन्त्र कर्मचारी युनियनको १०औं स्थापना दिवसको अवसरमा संस्थागत सामाजिक उत्तदायित्व कार्यक्रमअन्तर्गत आश्रमलाई सहयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको धनुषा र महोत्तरीका कर्मचारीहरूको संयुक्त पहलमा जनकपुरधाम ८ स्थित सद्गुरु कविर अनाथ बाल वात्सल्यमा एक हजार लिटरको पानी ट्याङ्की, एक थान इन्भटर मेसिन तथा तीन थान सिलिङ पंखा सहयोग गरिएको छ । उक्त सामानहरूको मूल्य ५० हजार रूपैयाँबराबरको रहेको कम्पनीले जानकारी दिएको छ । स्थापना दिवसको अवसरमा कर्मचारीहरूले पाउने मिठाइ खर्च बचाएर सो सामानहरू आश्रमलाई सहयोग गरेको शाखा प्रमुख अनिलकुमार मिश्रले जानकारी दिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको प्रमुख आतिथ्य तथा प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतको विशिष्ठ उपपस्थितिमा आश्रमका सञ्चालक स्वामी सत्यनारायण अलोकलाई सो सामानहरू हस्तानान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ । सो अवसरमा कम्पनीको गण्डकी क्षेत्रीय प्रबन्धक दशरथ झा, धनुषा तथा महोत्तरीका विभिन्न शाखाका प्रमुखहरू, समाजसेवी अमरचन्द्र अनिललगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया