चीनमा कालोसूचीमा पर्ने ऋणीको संख्या उच्च
बेइजिङ । चीनमा ८५ लाख ४० हजारभन्दा बढी ऋणीहरु कालोसूचीमा परेका छन् । बैंकको ऋण तिर्न नसकेर ‘डिफल्ट’ हुने ऋणीको संख्या कोरोना महामारीयताकै उच्च विन्दुमा पुगेको छ ।
सरकारी अधिकारीहरुका अनुसार ऋणीहरुले घर धितोदेखि व्यापारिक ऋणको साँवाब्याज भुक्तानी गर्न नसक्दा कालोसूचीमा पर्नेहरुको संख्या बढेको हो ।
कोभिड–१९ महामारीका कारण भएको लकडाउन र अन्य प्रतिबन्धहरुले आर्थिक वृद्धिमा अवरोध गरेको र मानिसहरुको आम्दानीमा कमी आएपछि धेरै ऋणी डिफल्टमा परेका छन् ।
कालोसूचीमा परेका अधिकांश ऋणीहरु १८ देखि ५९ वर्ष उमेर समूहका छन् । यो संख्या सन् २०२०को प्रारम्भमा भन्दा धेरै हो । उक्त बेला ५७ लाख ऋणीले कर्जा किस्ता तिर्न नसक्दा डिफल्टमा परेका थिए ।
ऋण तिर्न नसकेर डिफल्टमा पर्नेहरुको संख्याले चीनमा कति अर्थिक मन्दी छ भन्ने कुरा स्पष्ट हुन्छ । अर्थशास्त्रीहरुले चीनमा उपभोक्ताको विश्वास फर्काउन कठिन हुने देखिएको विशलेषण गरेका छन् ।
चीनमा कालोसूचीमा पर्नेहरुले हवाईजहाजको टिकट खरिद गर्न, ‘वीच्याट’ र ‘अलिपे’ लगायतका मोबाइल वालेटबाट भुक्तानी गर्न प्रतिबन्ध लगाइएको छ । यसले उपभोग झन खुम्चने र अर्थतन्त्र थप धाराशायी बन्ने सम्भावना बढेको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया