लन्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषणा गरेका छन् । प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको कट्टरपन्थी कार्यको रूपमा वर्णन गर्दै बेलायतलाई फाइदा पुर्याउने सुनिश्चित रहेको निष्कर्ष निकालिएको छ ।
नयाँ उपायहरूको शृंखलाको रूपमा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जबसम्म स्नातकोत्तर अनुसन्धान पूरा गर्दैनन् तबसम्म उनीहरूको परिवारलाई बेलायतमा ल्याउनबाट रोक लगाइनेछ । साथै यो कदमबाट दक्ष विदेशी कामदारहरूले देशमा काम गर्न भिसा थप्न चाहे न्यूनतम पारिश्रमिक बढाउनुपर्ने बाध्यता सृजना हुनेछ ।
प्रधानमन्त्री सुनकले भने ‘अध्यागमन धेरै उच्च छ । आज हामी यसलाई घटाउन कट्टरपन्थी बनेर कारबाही गरिरहेका छौं । यी कदमहरूले बेलायतलाई फाइदा पुर्याउने कुराको सुनिश्चित गर्नेछ ।’
यस नयाँ प्रावधानअन्तर्गत स्नातकोत्तर अनुसन्धान डिग्रीमा नपुगेसम्म विदेशी विद्यार्थीहरूलाई आफ्नो परिवारलाई बेलायतमा ल्याउन प्रतिबन्ध लगाउनेछ । बेलायतमा कुल माइग्रेसन गत वर्ष उच्चस्तरमा पुगेको आधिकारिक तथ्यांकले देखाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया