चीनले भन्यो : कालापानी मुद्दा नेपाल र भारतको मामिला
काठमाडौं, जेठ ७
नेपाल र भारतबीच केही दिनयता चर्किएको पश्चिमतर्फको सीमा विवादबारे चीनले पनि टिप्पणी गरेको छ । चीनको परराष्ट्र मामिला मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी विवाद नेपाल र भारतबीचको द्विपक्षीय मामिला भएको बताएको हो । मंगलबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त विषय नेपाल र भारतबीचको मामिला भएको बताएका हुन् । चीनको शेन्जेन टिभीले नेपाल र भारतबीच चर्किरहेको पछिल्लो सीमाविवादबारे चीनको प्रतिक्रिया के छ भन्ने प्रश्न गरेपछि झाओले उक्त कुरा बताएका हुन् । झाओले भने, ‘यो दुई देशबीचको विवाद हो । नेपाल र भारतले यो विवाद उपयुक्त र मित्रवत् ढंगबाट सुल्झाउने हाम्रो आशा छ । अवस्थालाई गम्भीर पार्ने कार्य कुनै पक्षले पनि गर्नेछैन भन्ने हामी आशा गर्छौँ ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
- नीति तथा कार्यक्रमको लागि बिज्ञ समुह संग छलफल गर्दै मन्त्री श्रेष्ठ
- नेवार र तामाङ भाषा बागमती प्रदेशभित्र सरकारी कामकाजमा
- नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक नयाँबानेश्वरमा
- संरक्षण अभावमा ओझेल पर्दै चुरे क्षेत्रका प्राकृतिक ताल
- जापानी विदेशमन्त्री योको कामिकावाको भ्रमण कोशेढुंगा बनोस्
- किन लाग्छ गभर्नरमाथि पुँजीबजार विरोधीको आरोप ?
- योजनाका लक्ष्य भेट्न धरातल बनाऔँ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया