एडीबीद्वारा बंगलादेशलाई ४० करोड डलर ऋण स्वीकृत
ढाका । एसियाली विकास बैंक (एडीबी)ले उसको राष्ट्रिय अनुकूल योजना (२०२३–२०५०) तथा पेरिस सम्झौतामा राष्ट्रियरूपमा निर्धारित योगदानको २०२१ अद्यावधिकलाई लागू गर्न बंगलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको छ ।
शुक्रबार स्वीकृत गरिएको नीतिमा आधारित उक्त ऋण सहयोग जलवायुकेन्द्रित समावेशी विकास हासिल गर्न पेरिस सम्झौतामा राष्ट्रियरूपमा निर्धारित योगदान हो ।
उक्त ऋण सांकेतिक ७० करोड अमेरिकी डलरको जलवायु उत्थान तथा समावेशी विकास कार्यक्रमको पहिलो हिस्सा हो । यसले बंगलादेशलाई उसको जलवायु क्षेत्रलाई संरक्षण गरी कार्बन तथा हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याई मूलधारको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा मद्दत गर्ने लक्ष्य लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘जलवायुको झट्काले बंगलादेशको विकास र गरिबी उन्मूलनलाई गम्भीररूपमा अवरोध पु¥याइरहेको छ, जलवायु कार्यका लागि वित्तीय व्यवस्थाको धेरै आवश्यकता छ, बंगलादेश यो चुनौतीको सामना गर्नका लागि दृढ प्रतिबद्ध छ र एडीबी यो क्षेत्रको जलवायु बैंकका रूपमा बंगलादेशलाई उसको प्रयासहरूमा सहयोग गर्न तयार छ’, एडीबीको सार्वजनिक व्यवस्थापनका प्रमुख अर्थशास्त्री अमिनुर रहमानले भने ।
एडीबीले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट बंगलादेश विश्वको सबैभन्दा जोखिममा परेको मुलुक भएको र वार्षिक औसतमा तीन अर्ब डलरको नोक्सानी हुने गरेको बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया